जनता टाइम्स

३१ भाद्र २०७८, बिहीबार ०८:३१

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने


काठमाडौं, ३१ भदौ । आज बेलुका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पानी पार्ने मनसुनी न्यूनचापीय रेखाको प्रभावका कारण बेलुका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने र अरु प्रदेशमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।दिउँसो भने देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा मेघगर्जनसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

अरु ठाउँमा पनि बद्ली भएर सामान्य खालको पानी पर्न सक्ने बताउनुभयो । भोलि र पर्सिको मौसम पनि यस्तै रहने उहाँको अनुमान छ । अबको केही दिन लगातार ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना भने नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।