जनता टाइम्स

३१ भाद्र २०७८, बिहीबार १५:२०

दश बुँदे सहमतिबाट नेतृत्व किञ्चित पछि हट्दैन : महासचिव पोखरेल


काठमाडौं, भदौ ३१ । एमाले महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने प्रष्ट पार्नुभएको छ । काठमाडौंमा आज आयोजित कार्यकर्ता प्रशिक्षणमा बोल्दै महासचिव पोखरेलले सुदृढ संगठन बनाउन १० बुँदे सहमति कार्यान्वयन हुने प्रष्ट पार्नुभएको हो ।

संगठनलाई व्यवस्थित बनाउन जरुरी छ । हामीले भीड होइन शक्ति खोजेका हौं । पार्टीभित्रको सुदृढ एकतालाई ध्यान दिन जरुरी छ । पार्टीको पक्षमा दृढतापूर्वक उभिनुपर्छ । गुटबन्दीमा लागेर पार्टी कमजोर बनाउने, अनास्था फैलाउने, गुटगत गतिविधि स्वीकार्य छैन । एकता मजबुत बनाउन १० बुँदे सहमति गरिएको हो । प्रतिबद्धताबाट नेतृत्व किञ्चित पछि हट्दैन । सुझाव कार्यान्वयन गर्ने हाम्रो प्रतिबद्धता हो, महासचिव पोखरेलले भन्नुभयो ।

महासचिव पोखरेलले जेठ २ लाई दुई हिसाबले बुझ्न आग्रह गर्नुभयो । ‘यसलाई पोलिटिकल सेन्समा बुझ्न जरुरी छ । कानूनी रुपमा पनि जरुरी छ । आजको एमाले २ जेठमात्र होइन एकीकृत, एकता प्रक्रियासहितको एमाले हो, उहाँले बताउनु भयो २ जेठमात्र भन्ने हो भन्ने विकसित, परिवर्तित, एकता प्रक्रियासहितको एमाले हुँदैन । त्यसैले आजको एमाले एकता प्रक्रियासहितको एमाले हो । यो बुझ्न जरुरी छ, महासचिव पोखरेलको भनाई थियो ।