काठमाडौं, असोज १ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामि निर्वाचनमा पाँच दलीय गठबन्धन बनाएर जाने बताउनुभएको छ ।
आज मिनभवनमा पार्टीको केन्द्रीय कार्यालय उद्घाटनपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले समाजवादी पार्टी तत्काल अन्य कुनै पार्टीमा विलय नहुने तर गठबन्धन बनाएर चुनावमा जाने बताउनु भएको हो ।
नेपालको कम्युनिष्ट आन्दोलनमा समाजवादी नयाँ ताराको रुपमा उदाएको नेपालले दावी गर्नुभयो । सबै पार्टी र नेता उस्तै हुन्भन्ने कुरा समाजवादीले चिर्ने उहाँले बताउनुभयो । ‘हाम्रो व्यवहारले यसलाई पुष्टि गर्ने छ, हामी यथार्थ कुरा बोल्ने छौँ’, नेपालले भन्नुभयो ।
देश, जनता, समाजको अग्रगमन र परिवर्तनको लागि आफूहरु लड्ने उहाँले बताउनुभयो । लोकतान्त्रिक चरित्र र संस्कारलाई आफूहरुले अंगाल्ने पनि नेपालले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्