जनता टाइम्स

१ आश्विन २०७८, शुक्रबार १२:४२

योगेशले राखे गठबन्धन सरकार ६६ दिनमै असफल भइसकेको यो तथ्य


पोखरा, असोज १ । एमाले सचिव योगेश भट्टराईले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार असफल भइसकेको ठोकुवा गर्नुभएको छ । पोखरामा पत्रकारसँग कुरा गर्दै सचिव भट्टराईले ६६ दिनमै देउवा सरकार असफल प्रमाणित भएको तथ्य राख्नुभयो ।

बजेट होल्डको अवस्था आउनु र दुई महिना बित्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसक्नुले सरकार असफल भएको उहाँले बताउनुभयो । ‘यो सरकार असफल भइसक्यो, अब यो सरकार विस्थापित भएर एमालेकै सरकार बन्छ’, भट्टराईले भन्नुभयो ।

सरकारकै कारण बजेट होल्ड भएको बताउँदै उहाँले यसले आर्थिक तथा वित्तीय अनुशासन ध्वस्त भएको बताउनुभयो । सरकार देशको विकास र नागरिकको जिविकाप्रति उत्तरदायी नभएको उहाँको भनाइ छ ।