काठमाडौं, जेठ १ । नेकपा (एमाले) को प्रचार विभागमा पनि जेठ २ मा जाने १० बुँदे सहमति कार्यान्वयन भएको छ। हालका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले आज पार्टी कार्यालयमा विभागको बैठक राखेर आफू अब विभागमा नरहेको र जेठ २ कै संरचनामा फर्किएको बताउनु भयो ।
प्रचार विभाग उपप्रमुख सूर्य थापाले भने जिम्मेवारी हस्तान्तरण भन्दा पनि जेठ २ अघिका र अहिलेका प्रचार विभागका दुवै टिमबीच अनौपचारिक छलफल भएको बताउनु भयो । अरु विभागीय जिम्मेवारीको सन्दर्भमा पार्टी कमिटीले निर्णय गरेपछि मात्र टुंगो लाग्ने बताउनु भयो । माओवादी केन्द्रसँग एकता हुनुअघि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई हुनुहुथ्यो ।
जेठ २ अघि योगेश भट्टराई प्रचार विभाग प्रमुख हुँदा पनि सूर्य थापा उपप्रमुख र विष्णु रिजाल सचिव हुनुहुन्थ्यो । हाल रिजाल विदेश विभाग उपप्रमुख हुनुहुन्छ । थापा नेकपाकालमा पनि नारायणकाजी श्रेष्ठ प्रचार विभाग प्रमुख हुँदा पनि उपप्रमुख हुनुहुन्थ्यो । योगेश भट्टराईले प्रमुखमा फर्किँदा पनि थापा प्रचार विभाग उपप्रमुख नै रहनु भएको छ । विभागका सदस्यहरुमा भने पहिले र अहिलेका मिलाएर बनाइने भएको छ। ज्ञवालीले प्रचार विभाग छाडेको भए पनि प्रवक्ता भने यथावतै हुनुहुन्छ ।
ज्ञवालीले यसबारे पनि आफ्ना धारणा राख्दै १० बुँदे सहमति कार्यान्वयन गर्दा पद यथावत पुर्नस्थापित हुने तर जिम्मेवारी भने हेरफेर हुन सक्ने बताउनु भयो । बैठकमा ज्ञवालीले बसेर पार्टीले नयाँ परिस्थिति अनुसार सबैलाई जिम्मेवारी दिने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्