जनता टाइम्स

२ आश्विन २०७८, शनिबार ११:३६

माधवलाई पासो बन्यो आफ्नै बोली


काठमाडौं, असोज २ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आफ्नै बोली पासो बनेर घाँटीमा तेर्सिन थालेको छ । नेकपा र नेकपा एमाले रहँदा अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध तथानाम गाली गर्दै एमाले सकाउने अभियानमा लाग्नुभएका नेपाललाई नवौं महाधिवेशन ताका र प्रचण्डको आडमा ओलीबिरुद्ध दिएको अभिब्यक्ति अहिले पासो बनेको हो ।

नेकपा एमाले र माओवादीबीच पार्टी बिभाजन गर्छु भन्नेहरु अपराधी भएको घोषणा गर्नुभएको थियो । माधवलाई आफ्नो त्यही निश्कर्ष अहिले पासो भएको छ । जता गएपनि कार्यकबिभाजन गर्ने अपराधी भन्नुभएको होइन,किन आफै अपराधी बन्नुभयो भन्ने प्रश्न गर्न थालेका छन । जवाफमा माधवले चित्तबुझ्दो तर्क दिन सकिरहनु भएको छैन । माधवले केही समयअघि भन्नुभएको थियो, पार्टी फोड्ने कुरा गर्ने अपराधी हो, त्यस्तालाई जनताले धिक्कार्छन । उहाँको यो तर्क मान्दा अहिले उहाँ नै अपराधी बन्नुभएको छ ।

‘पार्टीको निर्णय पालना गरेर चल्नुपर्यो नि, किन फुट्छ पार्टी ? जसले फोड्ने कुरा गर्छ, त्यो अपराधी हुन्छ, कम्युनिस्ट आन्दोलनविरोधी हुन्छ, कम्युनिस्ट आन्दोलन सिध्याउन खोजेको ठहर हुन्छ । जनताको नजरमा पार्टीका कार्यकर्ताले त्यस्ता व्यक्तिलाई धिक्कार्छन्, उसको सती जाँदैनन । कसैले पार्टी फुटाउने दुस्साहस गर्छ भने एउटा नेताको पुच्छर समातेर कोही पनि सती जानेवाला छैन,’ नेकपामा अन्तरबिरोध बढेको बेला अन्तवार्ता र्दिदै माधवले भन्नुभएको थियो । उहाँको यो तर्कले अहिले उहाँमाथि नै कुरिकुरी गरिरहेको छ ।

यस्तै माधवले नवौं महाधिवेशनताका दिनुभएको अन्तर्वार्ता पनि उहाँकै लागि पासो बनेको छ । त्यसबेला माधवले आरोप लगाउनु भएको थियो, ‘केपी ओलीतिर लाग्नेहरु अर्काको श्रीमती ताक्ने, बिधवातिर आँखा लगाउने र चरित्रहीन ब्यक्तिहरु छन । केपी ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका नेपालले एउटा टेलिभिजनमा दिनुभएको यो अन्तवार्ताप्रति एमाले कार्यकर्ताले खेद ब्यक्त गरे । माधवकै लागि निकै महंगो पर्यो त्यो कपोकल्पित भनाई । महाधिवेशनमा हारेपछि पनि नेपालले जथाभावी आरोप लगाउने काम छाडनु भएन । यसबीचमा उहाँले दिनुभएको अभिब्यक्ति अहिले पासो बनेर घाँटीमै अडकिएको हो ।

चरित्रहीनजति अरुतिर लागेको भन्दै चरित्रहत्या गर्नेकाम गर्नुभएका माधवलाई बिभाजनपछि यौनकाण्डमा मछिएकालाई सुनपानी छर्कनु परेपछि माधव सकसमा पर्नुभएको हो । सुदुरपश्चिम प्रदेशदेखि कर्णालीहुँदै अन्य प्रदेशतिरका यौनकाण्डका नाइकेहरु माधवतिर लागेपछि माधवको कुरा भन्ने एउटा, गर्ने अर्कै प्रमाणित भएको छ ।

कर्णाली प्रदेशका कृषिमन्त्री कुर्मराज शाहीले अर्काकी श्रीमतीसँग यौन लिला मच्चाएको भिडियो नै बाहिर आउँदा माधवले नै बचाउनु भएको छ । यस्तै अन्य प्रदेशमा पनि यौनकाण्डमा मुछिएकालाई माधवले संरक्षण गरी नेता बनाउने काम गर्नुभएको छ । यी सवै कामले माधव आफ्नै परिभाषामा अपराधी सावित हुनुपरेको हो ।