जनता टाइम्स

२ आश्विन २०७८, शनिबार २३:३९

भीम रावलसहित एमालेका नौ जना नेतामाथि रामकुमारीको गम्भीर आरोप


सिन्धली, असोज २ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँकीले माधव नेपाललाई धोका दिएको भन्दै एमाले उपाध्यक्ष भीम रावलसहित ९ जना नेतामाथि चर्काे आक्रोश पोख्नुभएको छ ।

झाँक्रीले माधवलाई छाडेका एमाले नेताहरूलाई युद्धबाट भागेका जर्नेल कर्णेलको संज्ञा दिँदै आक्रोश पोख्नुभएको हो । सिन्धुलीको जिल्ला कमिटी सपथ ग्रहण कार्यक्रममा झाँक्रीले एमालेमा गएका दोस्रो तहका नेताहरूलाई भगौडाको संज्ञा दिनुभयो । ती नेताहरू युद्ध चलिरहँदा भागेको झाँक्रीको आरोप छ । केही नेताहरूले उनीहरू समाजवादीमा फर्किन्छन् कि भनेर पर्खिएको तर अब उनीहरूलाई फर्किएर पार्टी नबन्ने झाँक्रीको भनाइ छ ।

‘जब युद्धबाट भागेका जर्नेल कर्णेलहरूलाई फेरि ल्याएर सिपाहीहरूले कमान्डर ठान्छ भने त्यो कमजोर सिपाही हो। कसरी तपाईंले युद्धबाट भागेका युद्धअपराधी जस्ता मान्छेहरूलाई आज पनि प्रतीक्षा गर्नुहुन्छ र नेता मान्न। तर म चाहिँ मञ्जुर छैन,’ झाँक्रीले भन्नुभयो, ‘अप्ठ्यारामा, संकटको बेलामा पिँठ्यू फर्काएर भाग्नेहरूलाई किमार्थ माफी गर्नुहुन्न।’