जनता टाइम्स

३ आश्विन २०७८, आईतवार १९:२९

पूर्वराष्ट्रपतिलाई खुला चुनौती : यो तथ्यसँग बहश गर्ने आँट छ ?


प्रथम महामहिम राष्ट्रपति जस्तो शीर्षस्थ व्यक्तित्वले नेपाली एकतालाई अलगथलग पार्ने खालका विचार अझै बारबार प्रवाह बोलिरहनु जाती हुन्छ ? तामाम नेपाली जनता सबका सबको चित्त बुझ्ने वा सर्वसम्मत संविधान कहाँ जारी भएको छ ? एउटासम्म उदाहरण दिन सक्नु हुन्छ ? तर अहिलेसम्म यो दुनियाँमा संविधानसभाले बनाएको संविधानमध्ये नेपालले बनाएको ९० प्रतिशत भन्दा बढीको अनुमोदन कुन देशमा कहाँ छ देखाउन सक्नु हुन्छ ?

प्रा.डा. बद्रीविशाल पोखरेल

नभन्दै लामो समय नेका, एमाले लगायत पार्टीगत स्थल वा अबौद्धिक भूमिकामा रहेका नेपाली राष्ट्रको सम्मानित हैसियतमा पुगे पनि कतिपय पार्टीगत क्षुद्र चिन्तनभन्दा माथि उठ्ता रहेनछन् । पूर्वराष्ट्रपति रामवरण यादवप्रति यो लेखक अत्यन्त सम्मान गर्छ । किनकि व्यक्तिलाई भन्दा संस्थालाई अझ कम्तीमा औपचारिक रुपमा आदर कदर र यथोचित सम्मान गर्नुपर्छ भन्ने बुझेको छ । तर कमजोरी उपर चर्चा गरियो भने भोलि आउने महामहिम सतर्क हुने अवस्था आउँछ भनेर मात्र यो लेख लेखिएको हो ।

पूर्वराष्ट्रपति महामहिम रामवरणले पहिले झैँ आजको अन्तर्वार्तामा पनि वर्तमान राष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई संसद् विघटन गरेको विषयमा भद्दा आलोचना गर्दै हुनुहुन्थ्यो । उहाँ कुपात्रका कारण संसद् विघटन भएको भन्दै हुनुहुन्थ्यो । लोकतन्त्र, संविधान, संघीयता सबै माथि ओलीलाई हमलावर भन्दै हुनुहुन्थ्यो । अमुक पार्टीको सामान्य कर्यकर्ताका सतरमा ओर्लिएर उहाँले बोल्दा गणतन्त्र बदनाम हुँदै थियो । वर्तमान राष्ट्रपतिलाई आफूले जस्तै कहिले नेकाका नेता कार्यकर्ताहरुलाई शीतल निवासमा बोलाएर महासमितिलाई प्रभावित पार्ने दही चिउरा खुवाएर, कहिले भूपू प्रम सुशील कोइरालालाई २३ पन्ने आदेश पत्र थमाउनु हुन्थ्यो भने कहिले आफ्नै छोरालाई सभासद् बनाउन र निर्वाचनमा जिताउन सक्रिय भूमिका निर्वाह गर्नुहुन्थ्यो ।

ठीक यस्तै खालको भूमिका वर्तमान राष्ट्रपतिबाट होस भन्ने चाहना हो यादवज्यूको ? यति मात्र होइन यादवले गरेको सबैभन्दा संगीन भूमिकाका बारेमा प्रसिद्ध मानव अधिकारवादी कृष्ण पहाडीले एक पत्रिकामा उहिल्यै उल्लेख गरेका छन, ‘..संविधान आउँदाका बेला राष्ट्रपति निवासमा बसेर षडयन्त्र नगरेको भए मधेस आन्दोलनमा यति धेरै मान्छे मारिने थिएनन्, सत्तामा बस्ने, सर्वोच्च पदमै बसिसकेका न्यायिक पृष्ठभूमिका मान्छेले समाजमा दुरी बढाउँदै हिँडेपछि कसरी हुन्छ ?’ अरुलाई एक औँलो देखाउँदा चारऔँलाले आफैँलाई देखाइरहेको यादवले देख्नुभएन । २०७३ पुस १७ गते महामहिम पूर्वराष्ट्रपति डा. रामवरण यादवको नागरिक पत्रिकामा एक महत्वपूर्ण अन्तर्वार्ता प्रकाशित छ । उक्त पत्रिकामा प्रकाशित राष्ट्रपतिका अन्तर्वार्ता आधारित भनाइहरु मात्र होइन, यसभन्दा अघि पनि उहाँका अभिव्यक्ति र व्यवहारमा देखिएको असंगति केलाउनु यस लेखको उद्देश्य हो । यस लेखको आरम्भमा उल्लिखित पहाडी लिखित अभिव्यक्ति सत्य संगत र तथ्य परक देखिन्छ । किन पनि भने जतिबेला केही मधेसी नामका नेता ९० प्रतिशत भन्दा बढी जनप्रतिनिधिले लोकतान्त्रिक र विधिसम्मत रुपमा प्रस्तावित र पारित संविधानविरुद्ध तराइमधेसका रैथाने र आदिवासी जनतालाई भड्काएर संघर्षमा उत्रिन लाग्दा पूर्वराष्ट्रपति डा. रामवरण यादवले बेलैमा निर्मल निवास बोलाएर सार्थक संवाद गर्नुभएन । उहाँले आन्दोलनकारीहरुलाई फोन गरेर सम्झाएको मात्र प्रचार गरियो ।

संविधानविद् तत्कालीन सभामुखलाई संविधान विषयक सुझसमझ दिएजस्तै प्रभावकारी रुपमा मधेसी नेतालाई यादवले सम्झाउनु भएन । बरु निर्मलनिवास संविधानविरुद्ध दिलोज्यानले उत्तेजना बढाउने काममा गोप्य रहस्यमय आश्रय स्थल बनेको स्पष्ट भयो । यादवज्यूले अन्तर्वार्तामा भनेजस्तो नेपालीभाषी नेताबाट तराई छाड्नै नहुने, तराईका नेताबाट पहाड जोड्नै नहने दुवै अतिवादी कुरा हुन् ? यसमा राष्ट्रिय एकता र अखण्डताको कुरा किन यादवले नगरेको ? उहाँले नेपालीभाषी नेताले राष्ट्रिय एकता, अखण्डता र सद्भाव कायम गर्न खोजेको कुरामा किन समर्थन नगरेको किन ? उल्टो ती विचारमा संकीर्ण खालको सोच राख्नुभएको हो । तराईमधेस छोडेर वा मधेसलाई अलग राष्ट्र बन्न दिने कुरा एउटा सच्चा देशभक्त पार्टी, व्यक्ति र नेतृत्वले यस्तो कुरा सोच्न सक्छ ? राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र सद्भाव जस्ता विषयमा तर, तथापि, परन्तु आदि घुमाउरो र काइते कुराको कुनै अर्थ छैन ।

देशलाई प्रेम गर्ने कुरा पनि घुमाएर गर्नुपर्छ ? एउटा राष्ट्रवादीले सत्य कुरा सोभैm गर्दा हुन्छ । अझ राष्ट्रपतिज्यूले त मधेस पहाडबाट अलग रहे पनि हुन्छ भन्ने कुरा गरेर घुमाउरो रुपमा नेपाललाई दुई राष्ट्र (अर्थात् पहाड र मधेस राष्ट्र बनाउने ) कुरामा परोक्ष रुपमा स्पष्ट दृष्टिकोण अघिसारेको देख्दा अचम्म लागेको छ । कृष्ण पहाडीले नागरिक पत्रिकाको २०७३ जेठ १७ गते प्रकाशित लेखमा ठूला दलबाट शक्तिशाली पदमा पुगिसकेका मान्छेलाई नै भड्काएर देशविरुद्ध प्रयोग गर्ने खतरा रहेको बताएका थिए ।प्रक्रियामा विश्वास गर्ने भएकाले असन्तुष्टिलाई थाँती राखेर पद्धतिलाई स्वीकार गरेको बताउने यादवले मधेसी दललाई किन राम्ररी सम्झाउन भन्दा आफ्नै असन्तुष्टि पो छर्न थाल्नुभयो ? दक्षिण छिमेकीको कपटपूर्ण स्वार्थ नै के हो भने नेपालको संविधान नबनोस, बनिहाले बिथोलियोस र लागु नहोस भन्ने नियत त खुल्ला भएकै थियो ।

प्रथम महामहिम राष्ट्रपति जस्तो शीर्षस्थ व्यक्तित्वले नेपाली एकतालाई अलगथलग पार्ने खालका विचार अझै बारबार प्रवाह बोलिरहनु जाती हुन्छ ? तामाम नेपाली जनता सबका सबको चित्त बुझ्ने वा सर्वसम्मत संविधान कहाँ जारी भएको छ ? एउटासम्म उदाहरण दिन सक्नु हुन्छ ? तर अहिलेसम्म यो दुनियाँमा संविधानसभाले बनाएको संविधानमध्ये नेपालले बनाएको ९० प्रतिशत भन्दा बढीको अनुमोदन कुन देशमा कहाँ छ देखाउन सक्नु हुन्छ ? हामी आफ्नै घर परिवारमा पनि भनेजस्तो चित्तबुझ्दो काम गर्न सकिरहेका छौनौँ । तपाईं आफैँले चाहेअनुसार, सोचेअनुसारको सबै कुरा परिपन्च, प्रबन्ध र पौल भएको जिन्दगी बिताउन सकिरहनु भएको छ ? यही नागरिक पत्रिकाको अन्तर्वार्तामा नै पनि नेपाल सरकारले आफूलाई अरु आर्थिक भौतिक सरसुविधा दिनुपर्ने र थप गर्नुपर्ने कुरा गर्नुभएको रहेछ तर तपाईंले पनि तराइमधेसका गाँस, बास र कपासहीन तमाम जनताको दुःखको र तिनलाई यो कठ्याङ्ग्रिदो जाडोमा न्यानो लुगासम्म वितरण गर्नु पर्ने कुरा त कहिल्यै गर्नु भएन ।

भारत अनुकूल वा कन्फर्टेवल सरकार बनाउन ओली सरकार हटाएको त घामजत्तिकै छर्र्लङ्ग भो नि । भट्ट मारिएको विषयबारे भारतसित सोझो संवाद गर्न नसक्ने हुतिहारा सरकारको पक्षपोषण गरेर आफूूलाई धेरै तल नझार्नु होस महामहिमज्यू । ओली सरकारले विगत सरकारका तुलनामा अतुलनीय काम गरेको हेर्नुहोस र राम्रोलाई राम्रो भन्न सकिन्न भने चुप लाग्नुहोस, टाउको हल्लाउनु होस् । ओली सरकारले हिमाल, पहाड तराई मधेसको विकास भावी सन्ततिका लागि गरेको हो । घर भइभइ घर भाडा लिने र खाने नियत वर्तमान राष्ट्रपति र पूर्वप्रधानमन्त्री ओलीको छैन ।

आफ्नो भएको चलअचल सम्पत्ति ट्रष्टमा विधिवत् जिम्मा दिने ओलीलाई धारे हात लगाउन छाड्नुहोस । अमुक पार्टीको नेता र कार्यकर्ताको तहमा ओर्र्लिएर बोल्न लेख्न तपाईलाई किमार्थ सुहाउँदैन । संविधान लागू भएको र यसलाई सबैले आत्मसात् गरेको यथार्थ सतय उल्लखे गर्नुहोस । भन्नलाई संविधानको विरोध भन्ने र गर्ने पनि तर भएजतिका सबै संविधान प्रदत्त अवसरहरु हात पारेपछि त्यसलाई संविधान नमानेको भन्न सुहाउँछ ?