जनता टाइम्स

३ आश्विन २०७८, आईतवार २१:२७

न्यायाधीश र वकिलको बिभुषणप्रति युवराज संग्रौलाको आक्रोश : अब त कन्तबिजोग नै हुनेभयो न्यायपालिका


काठमाडौं, असोज ३ । संबैधानिक कानूनका ज्ञाता डा. युवराज संग्रौलाले सर्वाेच्च अदालतका न्यायाधीश र कानून ब्यवसायीलाई प्रदान गरिएको बिभुषणलाई लिएर कडा आपत्ति जनाउनु भएको छ । सरकारले बहालवाला न्यायाधीश र वकिललाई पदवी दिएर न्यायपालिकाको कन्तबिजोग बनाउने काम गरेको संग्रौलाले बताउनु भएको छ ।

सरकारले प्रदान गरेको बिभुषणको बिषयमा आफ्नो धारणा राख्दै संग्रौलाले भन्नुभएको छ, ‘अब त कन्तबिजोग नै हुने भयो न्यायपालिका। बहालवाला न्यायाधीशलाई पदवी, वकिललाई पदवी ! कती सस्तो भयो सबैथोक खाद्यान्न, मालसामान र जिवनका अरु कुराबाहेक।’ उहाँले के न्यायाधीशहरु यो पदवि अस्विकार गर्न सक्छ्न ? भन्दै कडा प्रश्न पनि गर्नुभएको छ ।

यस्तो छ संग्रौलाको कुरा

अब त कन्तबिजोग नै हुने भयो न्यायपालिका। बहालवाला न्यायाधीशलाई पदवी, वकिललाई पदवी १ कती सस्तो भयो सबैथोक खाद्यान्न, मालसामान र जिवनका अरु कुराबाहेक।
१. के न्यायाधीशहरु यो पदवि अस्विकार गर्न सक्छ्न ?
२. अब एउटा बृहत सुधारको अभियान चलाउनुको बिकल्प छ ?
मसंङ्ग अब लेख्ने कुराहरु सकिएको अनुभुती हुन थालेको छ।