काठमाडौं, असोज ४ । सिजन मिडियाले आफ्नो १३औं स्थापना र सातौं संविधान दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रका हस्तीहरूलाई अवार्ड तथा सम्मान प्रदान गरेको छ । लाजिम्पाटस्थित होटल र्याडिसनमा भव्य कार्यक्रमको आयोजनामा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट विभिन्न विधाका ३१ जनालाई अवार्ड तथा सम्मान वितरण गरिएको हो ।
यस वर्ष ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ अन्तर्गत वरिष्ठ स्त्री रोग तथा प्रस्तुति विशेषज्ञ डा भोला रिजाललाई सम्मान गरेको सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिनुभयो। सन् २०१९ मा दुबईमा पहिलो संस्करण सम्पन्न भएको नेसनल प्राफेसनल अचिभमेन्ट अवार्डको दोस्रो संस्करण कोभिडका कारण बाह्य मुलुकमा असहज भएकाले नेपालमै आयोजना गरिएको उहाँले बताउनु भयो । ‘सामाजिक, साँस्कृतिक, शैक्षिक र व्यावसायिक क्षेत्रमा दशकौंदेखि काम गरी सफल भएका व्यक्तित्वहरूलाई हौसला जगाउन अवार्ड कार्यक्रम आयोजना गरिएको हो,’ वन्तले भन्नुभयो, ‘एकातर्फ कोभिडका कारण कुनै गतिविधि नै भएका छैनन् र यसप्रकारको सम्मान कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने छ भन्ने विश्वास लिएका छौं ।’
कार्यक्रमबाट नेसनल प्रोफेसन अचिभमेन्ट अवार्ड स्पेसल बैंकिङ अनर अवार्डबाट सिभिल मर्चेन्टका पूर्वसिइओ तथा राष्ट्रिय वाणिज्य सहकारी संस्थाका अध्यक्ष जयन्द्रलाल श्रेष्ठलाई सम्मानित गरिएको छ भने वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई ‘स्पेसल अनर जर्नालिज्म अवार्ड’ प्रदान गरिएको छ । ‘मस्ट इन्स्पाइरिङ एन्ड इन्फुलियन्स वुमन अवार्ड’ बाट महिला उद्यमी भवानी राणा सम्मानित हुनुभएको छ ।
नेपाली चलचित्र क्षेत्रका अभिनेता, निर्देशक, निर्माता आकाश अधिकारीलाई ‘मल्टी डिस्पलनरी इन सिनेमा इन्डष्ट्री अवार्ड’बाट सम्मानित गरिएको छ भने शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय साउथ वेस्टर्न स्टेट कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसीलाई ‘एजुकेसनल लिडरसीप एन्ड म्यानेजमेन्ट अवार्ड’ प्रदान गरिएको छ । यस्तै ‘बैंकिङ सिइओ अफ दि इयर अवार्ड’बाट सनराइज बैंकका सिइओ सुमन शर्मा र वरिष्ठ पर्यटन व्यवसायी तथा पर्यटन प्रवर्धक तेजेन्द्र शर्मालाई ‘लिडिङ टुरिजम इन्टरप्रिनियर अवार्ड’ प्रदान गरिएको छ ।
यस्तै कर्पोरेट कम्पनीहरूका स्लोगन निर्माण तथा ब्रान्डिङबाट ख्याति कमाएका मेघेन्द्रप्रकाश गिरि ‘कम्युनिकेसन एन्ड ब्रान्डिङ एक्सिलेन्स अवार्ड’बाट सम्मानित हुनजुभयो भने ‘म्यानेजमेन्ट एजुकेसनल इनोभेटर अवार्ड’बाट मीना महर्जन सम्मानित हुनुभएको छ । ‘सिनियर अर्थोपेडिक स्पाइन सर्जन अवार्ड’ डा पशुपति चौधरी, र पत्रकार कृष्णप्रसाद सिग्देललाई ‘डेभलपमेन्ट एन्ड इनभारोमेन्ट कम्युनिकेसन अवार्ड’ प्रदान गरिएको छ । वरिष्ठ ब्यूटिसियन सीता न्यौपाने पाठकलाई ‘एक्स्पर्ट ब्यूटिसियन ट्रेनर अवार्ड’ प्रदान गरिएको छ।
यस्तै ‘पोटिन्सियल डेरी प्रोडक्ट्स बिजनेसम्यान अवार्ड’बाट प्रदीप अधिकारी र ‘सिनियर इन्टरटेनमेन्ट फोटोग्राफर अवार्ड’ बाट वरिष्ठ फोटोग्राफर कवीन्द्रमान शाक्यलाई सम्मान गरिएको छ । ‘नेसनल प्रोफेसनल अचिभमेन्ट अवार्ड इन बैंकिङ’बाट ग्लोबल आइएमई बैंककी म्यानेजर शान्ता शिवाकोटी, ‘फिमेल मुभी एक्ट्रिस अफ दि इयर अवार्ड’ बाट नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा निर्माता उमा गिरी, र ‘बेस्ट कस्मेटिक ड्रमाटोलोजिस्ट अवार्ड’बाट डा अनिलकुमार भट्ट सम्मानित हुनुभएको छ ।
यसैगरी ‘योङ आयुर्वेद रिसर्चर अवार्ड’ डा विजेन्द्र शाह, ‘कन्ट्री भेटेनेरियन अवार्ड’ डा सितलकाजी श्रेष्ठ, ‘बेस्ट लजिस्टिक सप्लायर अवार्ड’ बिजनेसम्यान लोकबहादुर थापा ‘राजु’ र ‘इन्फरमेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी अवार्ड’बाट विष्णुबहादुर ढकाललाई सम्मानित गरिएको छ भने कोमलचन्द्र भगत सुदीलाई ‘इन्भारोमेन्टल फ्रेन्ड्ली जर्नालिस्ट अफ दि इयर अवार्ड’ प्रदान गरिएको छ । यसैगरी विज्ञापन बजारमा स्थापित बमबहादुर ढुंगेल ‘राजु’लाई ‘डिजिटल एड्भरटाइजिङ एक्स्पर्ट अवार्ड, नारायण श्रेष्ठलाई ‘बेस्ट बिजनेस इन्टरप्रिनियर अवार्ड’ सुनिल शर्मालाई ‘बेस्ट फोटो जर्नालिस्ट अफ दि इयर अवार्ड’, सिर्जु अधिकारीलाई ‘भर्सटायल सिंगर फिमेल अवार्ड’, अर्जुन जिसीलाई ‘बेस्ट फिल्म इडिटर अवार्ड’, मिडिया पर्सन तथा भिडियो डाइरेक्टर डायसपरा कुसल श्रेष्ड लण्डनलाई प्रदान गरिएको छ ।
लिडिङ इन्टरप्रिनियर इन अटोमोबाइल इन्डस्ट्री अवार्डबाट निर्मल सिग्देल, बेस्ट बिजनेस वुमन इन आइटी इन्डस्ट्री अवार्डबाट सीतासिंह कायस्थ, बेस्ट सिनेम्याटोग्राफर अवार्डबाट निरज कडेँल, मिडिया एण्ड भिडियो डाइरेन्टर इन डायसपरा कुसल क्षेत्री र भर्सटायल एक्टर अवार्ड कोशिस क्षेत्रीलाई प्रदान गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्