जनता टाइम्स

५ आश्विन २०७८, मंगलवार १७:२२

सिन्धुपाल्चोक कांग्रेसका हस्ती बानियाँले रोजे एमाले, तामाङले गरे स्वागत


सिन्धुपाल्चोक, असोज ५ । जिल्ला इन्द्रावती गाउँपालिका वडा नम्बर–३ का नेपाली कंग्रेसका युवा नेता रमेश बानियाँ द्वारा पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले केन्द्रीय कार्यालय सचिव एवं सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं–२ का सांसद शेरबहादुर तामाङ र नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्ष झम्क नेपालले संयुक्त रुपमा प्रवेश गराउनुभएको हो ।

पार्टी प्रवेश गर्दै बानियाँले कंग्रेसले अंगालेका कतिपय कुरा आफुलाई मन नपरेको र एमालेले देश बिकासका निम्ति गरेका कार्यबाट प्रभावित भएकाले एमाले रोजेको बताउनुभयो । रमेश बानियाँ नेपाली कांग्रेस इन्द्रावती गाउपालिका–३ का शसक्त र सक्रिय युवा नेता हुनुहुन्थ्यो ।

पार्टी प्रवेश कार्यक्रममा बलेफि गाउँपालिका प्रमुख केदार क्षेत्री, लिसंखुपाखर गाउँपालिका प्रमुख कमल नेपाल, बागमती प्रदेश सभा सदस्य सरेश नेपाल, एमाले बागमती प्रदेश सचिवालय सदस्य सुभाष कर्माचार्य, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य लायुर लामा एवं इन्द्रावती–३ का एमाले युवा नेताहरु र नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य गणेश भण्डारीसहितको बाक्लो उपस्थिति रहेको थियो ।