जनता टाइम्स

५ आश्विन २०७८, मंगलवार २२:२१

डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउँदै प्रधानमन्त्री, उपेन्द्र र रामचन्द्रको आपत्ति


काठमाडौं, असोज ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने हुनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै जानुपर्ने भएपछि प्रधानमन्त्री देउवाले खडकालाई परराष्ट्रमन्त्री नियुक्त गर्न लाग्नुभएको हो ।

खड्कालाई बुधबार बिहान नियुक्त गरिने सहमति सत्तारुढ गठबन्धनमा भएको छ । यसअघि आज दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीले नेपाली टोलीको नेतृत्व गर्दै महासभामा जाने निर्णय गरेको थियो । उदयपुर १ बाट निर्वाचित खड्का कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ । अर्थशास्त्रमा विद्यावारिधी गरेका खड्का यसअघि सहरी विकासमन्त्री बन्नुभएको थियो । आज बसेको सत्तागठन्धनको बैठकमा खड्कालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव प्रधानमन्त्री देउवाले राख्नुभएको थियो ।

सो प्रस्तावमा नेकपा माओवादी केन्द्रका अध्यक्ष कपुष्पकमल दाहाल, प्रचण्ड र नेकपा एसका माधवकुमार नेपालले सहमति जनाउनु भएको थियो भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विरोध गर्नुभएको थियो । तर प्रधानमन्त्री देउवाले परराष्ट्र मन्त्रालय कांग्रेसले लिने र त्यसको जिम्मेवारी खड्काले पाउने निर्णय सुनाउनु भएको हो । बैठकमा जनाकारी गराएका थिए । प्रधानमन्त्री देउवाको यो निर्णयमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले समेत आपत्ति जनाउनु भएको छ ।