काठमाडौं, असोज ६ । आज सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । मंगलबार तोलाको ८९ हजार २ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक ९ सय रुपैयाँले बढेर ९० हजार १ सय पुगेको हो । तेजाबी सुनको भाउ पनि आज तोलामा ९ सयले नै बढेर ८९ हजार ६५० रुपैयाँ पुगेको छ ।
आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर ११ सय ६५ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार २४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ८६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ९ सय ९९ रुपैयाँ कायम गरेको छ ।













प्रतिक्रिया दिनुहोस्