जनता टाइम्स

६ आश्विन २०७८, बुधबार १८:०४

प्रचण्डल तोके मन्त्रिपरिषद बिस्तार हुने मिति


काठमाडौं, असोज ६ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद बिस्तार हुने मिति नै तोक्नु भएको छ । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिनुभएको हो ।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गर्नेबारे जानकारी दिइएको बताउनु भयो।

‘स्थायी कमिटी बैठकमा सरकारको विषयमा छलफल भयो । अध्यादेशको कारणले अलिकति ढिलाइ भएको थियो । यो काम सकियो । आज वा भोलिसम्म सरकार विस्तारको काम सकिन्छ,’ दाहालले स्थायी कमिटी बैठकलाई दिएको जानकारी उदृत गर्दै प्रवक्ता महराले भन्नुभयो ।