जनता टाइम्स

६ आश्विन २०७८, बुधबार २१:३७

एनआरएन चुनाबमा कूल आचार्यको पक्षमा उभियो कांग्रेस


काठमाडौं, असोज ६ । गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा कूल आचार्यलाई नेपाली कांग्रेसले समर्थन गर्ने भएको छ । आज काठमाडौंमा बसेको कांग्रेस पदाधिकारी बैठकले आचार्यलाई समर्थन जनाउने आधिकारीक निर्णय गरेको हो । बैठकमा कांग्रेसको जनसम्पर्क विभाग प्रमुख गोविन्द भट्टराईले एनआरएन चुनावको विषय प्रवेश गराउनुभएको थियो

। कांग्रेस निकट वर्तमान उपाध्यक्ष रविना थापाले पनि महाधिवेशनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको थियो । प्रवासस्थित भातृ संगठनको समेत समर्थन रहेका कूल आचार्यको उम्मेदवारीलाई कांग्रेसले समर्थन जनाएको हो । अघिल्लो चुनावमा पनि कांग्रेसले आचार्यको उम्मेदवारीलाई समर्थन जनाएको थियो ।