जनता टाइम्स

७ आश्विन २०७८, बिहीबार ०९:०५

भुकम्प पीडीतको त्रिपालमा ५० करोड घोटलामा मुछिएका व्यक्ति देउवाको पालमा परराष्टमन्त्री


काठमाडौं, असोज ७ ।  परमादेशबाट सरकार बनेको ७२ दिन पछि प्रधानमन्त्री शेरबहादुर देउवाले बल्लतल्ल एक जना व्यक्तिलाई परराष्ट्रमन्त्री नियुक्तिका लागी गठबन्धनमा सहमती गराउँन सफल हुनुभएको छ । त्यो पनि अन्यन्तै विवादित व्यक्तिलाई । मंगलवार बसेको सत्तागठबन्धनको बैठकले काग्रेस नेता डा नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्ती गर्ने सहमती गरको थियो

। बुधवार खड्कालाई प्रधामन्त्री देउवाले परराष्ट्रमन्त्री नियुक्ती गरेर राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ गराएका थिए। खड्कालाई परराष्ट्रमन्त्री बनाउँने भए पछि सबैभन्दा विवाद नेपाली काग्रेस भित्र देखिएको छ । देउवाले मनलाग्दी गरेको भन्दै रामचन्द्र पौडेल पक्ष फायर भएको छ । सिहदरवारमा बसेको काँग्रेस बैठकमै देउवार रामचन्द्र पौडेलवीच भनाभनै चलेको थियो ।

देउवाले बीचमै बैठक छोडेर हिड्नु परेको थियो । देउवाले नियुक्ती गर्न खाजेका परराष्ट्रमन्त्री खड्काको विगत विवादले भरिएको छ । नेपालमा २०७२ सालमा भुकम्प जाँदा खड्का तत्कालिन सुशिल कोइराला नेतृत्वको सरकारमा शहरी विकास मन्त्री हुनुहुन्थ्यो। भुकम्प पीडीतका लागी ल्याएको त्रिपालमा ५० करोड भन्दा माथीको घोटला काण्डमा पनि उहाँ मुछिनु भएको छ । तत्कालिन शहरी विकास सचिव अर्जुन कार्की र विवादास्पद व्यापारी दीपक मल्होत्राको साँठगाँठमा भुकम्प पीडीतको त्रिपालमा ठूलो अनियमितता भएको थियो ।

त्यस बखत मन्त्री खड्काको चर्को आलोचना भएको थियो । तत्कालिन प्रधानमन्त्री कोइरालाले उहाँलाई पदबाटै बर्खास्त गर्न खोज्नुभएको थियो तर पछि सेटिङमा केस सामसुम पारिएको थियो । त्यस बेला विराटनगरबाट काठमाडौंका लागि त्रिपाल लगायतका राहत सामग्री बोकेर आएको भनिएको ना ४ ख ९७६४ नम्बरको ट्रकमा अन्य सामान राखेर त्रिशूलीमा योजनाबद्ध रुपमा खसालिएको बताइन्छ । जेठ ९ गते सो ट्रक लादिएको त्रिपाल बोकेको ट्रक खसालेर ठूलै हल्ला पिटाइयो र भनियो त्रिपाल सबै त्रिशुलीमा बग्यो ।

यो सबै सेटिङ विवादास्पद व्यापारी दीपक मल्होत्राले मिलाएको एक स्रोत बताउछ । उक्त त्रिपाल त्रिशूलीमा बेपत्ता भएको भनेर कागजात बनाएर भ्रष्टाचार गरेको र त्यसको सबै सेटिङ मल्लोहोत्राले मिलाएको चर्चा छ । ट्रक दुर्घटनामा परेर त्रिपाल लगायतका राहत सामग्री समेत हराएको भनेर जेठ ९ गते शनिबार समाचार दिइएको थियो । सो ट्रकमा पराल बोकाइएर ल्याइएको आशंका गरिएको थियो। त्रिशुलीमा पराल बगाएर त्रिपाल बगायो भनी कागज मिलाएर करोडौँ झ्वाम पार्ने घोटलामा मुछिएका डा खड्का देउवाको पालमा परराष्ट मन्त्री बनेर अमेरिका उडे । प्राप्त सुचना अनुसार तत्कालिन अवस्थामा भूकम्पबाट घरबारविहीन भएका १४ जिल्लाका पीडितलाई चार लाख ६२ हजार सात सय दुई पाल खरिद गर्ने क्रममा करिब ५० करोड रुपैयाँ भ्रष्टाचार भएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनले पुष्टि गरेको थियो ।

डा नारायण खड्का एमसीसीका पनि कट्टर समर्थक हुनुहुन्छ। नेपाली काग्रेसमा प्रधानमन्त्री देउवा , नेता रामशरण महत र खड्का एमसीसीका सबैभन्दा कट्टर समर्थक हुनुहुन्छ । परराष्ट्र मन्त्रालय एमसीसी सँग पनि प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय हो । एक स्रोतले दिएको सुचना अनुसार डा नारायण खड्का विदेशी ज्वाँइ हुनुहुन्छ। उहाँले विदेशी महिला सँग विवाह गर्नुभएको छ । उहाँ अमेरिकाको ग्रिन कार्ड रहेको समेत चर्चा गरिन्छ । यस अघि स्वास्थ्य राज्यमन्त्रीमा हस्पीटलमा चेन विजनेस चलाएका विवादास्पद व्यक्तिलाई देउवाले नियुक्ती गर्नुभएको थियो।यस पटक पनि त्यस्तै विवादास्पद व्यक्तिलाई परराष्ट्र मन्त्रालयको चाबी बुझाउनु भएको छ ।