जनता टाइम्स

७ आश्विन २०७८, बिहीबार १२:१७

बेदुराम महासचिव, रामकुमारी सचिव : यस्तो बन्यो नेकपा एसको पदाधिकारी



काठमाडौं, असोज ७ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगाएको छ। एकीकृत समाजवादीको काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले पदाधिकारीको नाम अनुमोदन गर्न लागेको हो।

एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाललाई चयन गरेको । यस्तै चार जना उपाध्यक्ष बनाउँदै राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राईलाई चयन गरेको छ । यसैगरी उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन हुनुभएको छ भने रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ र नागेन्द्र चौधरी सचिव चयन हुनुभएको छ ।

२०४८ सालदेखि लगातार चुनाव जित्दै आउनुभएका बिरोध खतिवडा भने पदाधिकारीबाटै आउट हुनुभएको छ । हाइकमाण्डमा पारिएका मुकन्द न्यौपाने पनि पदाधिकारीबाट आउट हुनुभएको छ । नेकपा एसमा बरिष्ठ नेतामा झलनाथ खनाल हुनुहुन्छ ।