जनता टाइम्स

७ आश्विन २०७८, बिहीबार २०:०८

माधवले अक्षम्य अपराध गरेका छन : इश्वर पोखरेल


काठमाडौं, असोज ६ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी फुटाएर माधव नेपालले अक्षम्य गल्ती गरेको बताउनु भएको छ । एमाले विशेष प्रदेश कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले विपक्षी एवम् विरोधीसँग मिलेर माधव नेपालले अक्षम्य अपराध गरेको ठोकुवा गर्नुभएको हो ।

‘माधव नेपालले गल्ती मात्रै होइन, बेइमानी मात्रै होइन, अक्षम्य अपराध नै गरेका छन,’ महासचिव पोखरेलले भन्नुभयो । उहाँले विगतमा पनि पार्टी विभाजनका घटना भएको भन्दै पार्टी फुटाउने कसैको पनि राजनीतिक भविष्य राम्रो नभएको बताउनु भयो । अहिले पार्टीफुटाउनेहरु ढिलोचाँडो पछुताउनुपर्ने उहाँको भनाइ छ ।

माधव समुह चोइटिए पनि पार्टीभित्र असल र खराव दुवै हुनेभ न्दै महासचिव पोखरेलले सत्यको पक्षमा दृढतापुर्वक उभिन पनि अपिल गर्नुभयो । ‘प्रतिकुलतासँग लडेरै यहाँ आइपुगेका हौं, आगामी दिनमा पनि प्रतिकुलतासँग जुध्नसक्ने आँट चाहिन्छ’, पोखरेलले भने, ‘हाम्रो पार्टी स्वर्गमा बनेको होइन, यहाँ असल–खराब दुवै छन,’ महासचिव पोखरेलले भन्नुभयो ।