जनता टाइम्स

७ आश्विन २०७८, बिहीबार २०:२५

माधव नेपालको पार्टी हामीले बनाइदिएको हो : प्रचण्ड


काभ्रे, असोज ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले माधव नेपालको नेतृत्वमा बनेको नयाँ पार्टी आफूहरुले बनाइदिएको खुलासा गर्नुभएको छ । काभ्रेमा वाइसिएले आज आयोजना गरेको प्रशिक्षणमा माधवको पार्टी बनाउन आफ्नो कम मेहनत नरहेको भन्दै प्रचण्डले यस्तो खुलासा गर्नुभएको हो ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी गठनमा हाम्रो पनि कम मेहनत छैन, हाम्रो निकै मेहनत रहेको छ, प्रचण्डले भन्नुभयो । उहाँले माधवको पार्टी आफूहरुकै रहेको संकेत गर्दै सो पार्टीसँग केन्द्रदेखि स्थानीय तहसम्मै सहकार्य गरेर अघि बढ्न पनि निर्देशन दिनुभयो ।

‘माधवजी, झलनाथजीको अर्को पार्टी बनाउनमा हाम्रो कम मेहनत छैन, तपाईहरु पनि समाजवादीका साथीहरुसंग सहकार्य गरेरै अघि बढनोस,’ प्रचण्डको निर्देशन थियो ।