काठमाडौं, ७ असोज । सामान्यतया कुनै युवती बाटोमा हिँडिरहदा धेरै युवकहरुको नजर उनीमा पर्दछ । युवकहरुले युवतीहरुलाई घुरेर हेर्ने, आँखा झिम्काउने यसका साथै जिब्रो पडकाउन समेत पछि पर्दैनन् । तर, यवतीहरुको स्वभाव नै लजालु हुने हुनाले युवकलाई जिस्क्याउने त आँटै गर्दैनन् । तसर्थ बाटोमा हिडिरहेको कुनै पनि पुरुष मन पर्यो भने उनीहरु खुलेर व्यक्त गर्न सक्दैनन् । जसका कारण उनीहरु लुकी,लुकी, चोरी,चोरी हेर्ने गर्दछन् ।
जसले गर्दा पुरुषहरुलाई थाहा नै हुँदैन कि कुन केटीले उसलाई मन पराइरहेकी छिन् । केही यस्ता संकेतहरु छन्, जसको मद्दतले थाहा पाउन सक्नुहुनेछ कुनै केटीले तपाईंलाई मन पराएको कुरा ।मुस्कुराउनु– कुनै महिलाले पुरुषलाई देखेर मुस्कुराउने गर्छिन भने त्यसलाई सामान्य लिनु हुँदैन । मुस्कुराउनुले केटा प्रति केटी आकर्षित छिन् भन्ने बुझिन्छ । यदि कुनै पनि केटीले कुनै पुरुषलाई देखेर संकेत दिनु परेमा प्राय मुस्कानलाई नै हतियार बनाउने गर्दछन् । लुकी,लुकी हेर्नु– जब कुनै युवती युवकप्रति आकषिर्क हुन्छिन्, उनी आफूले मन पराएको युवकलाई साथीको पछाडी बसेर लुकीलुकी हेर्ने गर्छिन् ।
ताकि उनीहरुले हेरेको तपाईंलाई नोटिस नहोस् । यसो गर्नुको एउटै मात्र कारण भनेको तपाई के गर्दै हुनुहुन्छ भनेर सुटुक्क थाहा पाउनु हो ।प्रत्येक गतिविधीको याद राख्नु–यदी कुनै युवती तपाईका स-साना गतिविधि पनि याद राख्छन् भने बुझ्नुस् की उनको तपाईप्रति रुची छ । उनले तपाईलाई साच्चिकै मन पराउँछिन् र तपाईलाई बारम्बार हेर्ने गर्छिन् ।
बोल्दा आँखा रातो,रातो हुनु, यदि कुनै युवती तपाईंसँग बोल्दा हड्बडाउँछिन्, नर्भस हुन्छिन् भने जान्नुस् उनको मनमा हलचल मच्चिइहेको छ । उनले तपाईंलाई मन पराइरहेकी छन् भने यस्तो हुन्छ । यस्तो बेला उनको अनुहार रातो भएको हुन्छ र उनले तपाईंसँग आँखा जुधाएर बोल्न सक्दिनन् ।कर्के नजरले हेर्नु– कुनै पनि युवतीले आकर्षक पुरुष देखिन् भने सिधै घुरेर हेर्न सक्दिनन् । उनी कर्के नजरले हेर्न थाल्छिन् । पुरुषले देखि हालेमा नजर अन्तै घुमाउँछिन् ।













प्रतिक्रिया दिनुहोस्