जनता टाइम्स

८ आश्विन २०७८, शुक्रबार ०७:५४

एमाले केन्द्रीय कमिटी बैठक आजबाट


काठमाडौं, असोज ८ ।नेकपा एमालेको केन्द्रीय कमिठी बैठक आजदेखि शुरु हुँदैछ । तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा हुने बैठक भोलिसम्म चल्नेछ ।

बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । सम्भवतः यही वैठकले यी सबै विषयहरु पारित गर्नेछ ।नेकपा एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।