काठमाडौं, ८ असोज । नारायणहिटीबाट श्रीपेच निकाल्न खोज्ने एकजनालाई नियन्त्रणमा लिइएको छ । नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने पश्चिम रुकुमका एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको हो ।श्रीपेच निकाल्न खोज्ने पश्चिम रुकुम मसिकोट ११ का खिमबहादुर घर्तीलाई नियन्त्रण लिइएको हो । शुक्रवार बिहान अवलोकन गर्ने पुगेका घर्तीले सिसा फुटाएर श्रीपेच निकाल्ने प्रयास गरेका थिए । सिसा फुटाउँदा उनको हात समेत काटिएको छ। उनलाई अहिले सेनाले नियन्त्रणमा राखेको छ।
नारायणहिटीमा श्रीपेच चोर्न खोज्ने पक्राउ













प्रतिक्रिया दिनुहोस्