काठमाडौं, असोज ८ । प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो टिम बनाउन सुरु गर्नुभएको छ । टीम बनाउने क्रममा सेनापति शर्माले तीन जना उपरथीको सरुवा गर्नुभएको छ । उपरथीहरु अनन्त कार्की, अशोक सिग्देल र विज्ञानदेव पाण्डेको सरुवा भएको हो ।
कार्कीको नीति तथा योजना महानिर्देशनालयबाट सेनाको प्रतिरक्षा विश्वबिद्यालयमा काज सरुवा भएको छ भने उपत्यका कमाण्डका कमाण्डर रहनुभएका सिग्देललाई नीति तथा योजनामा सरुवा गरिएको छ । सिग्देल यसपछिका प्रधानसेनापतिका दावेदार समेत हुनुहुन्छ ।
प्रतिरक्षा विश्वविद्यालयमा रहेका पाण्डेको शोध तथा विकास महानिर्देशालयमा सरुवा भएको छ । उहाँ हाल अमेरिकामा तालिम गरिरहनुभएको छ ।












प्रतिक्रिया दिनुहोस्