काठमाडौं, असोज १० । कोरोना महामारीको जोखिमका कारण बैशाखदेखि बन्द रहेको मुस्ताङको मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको असोज ५ गते बसेको बैठकले आजबाट मुक्तिनाथ मन्दिर खोल्ने निर्णय गरेको थियो ।
नेपाली पर्यटकका लागि पिसीआर वा एन्टिजेन परीक्षणको रिपोर्ट तथा कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाण देखाएमा प्रवेश दिइने भएको छ । विदेशीका लागि सात दिनभित्र गरिएको पिसीआर रिपोर्ट अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्