जनता टाइम्स

१० आश्विन २०७८, आईतवार १७:४९

काँठेखोलामा एमाले फुटको प्रभाव सुन्य


बागलुङ, असोज १० । काठेखोला गाउँपालिका–५ बिहुँकोटमा नेकपा एमालेको कार्यकर्ता भेला सम्पन्न भएको छ ।

भेलामा बोल्दै नेकपा एमाले काठेखोला गाउँपालिकाका अध्यक्ष दिल बहादुर कार्कीले काठेखोलामा फुटको प्रभाव सुन्य रहेको बताउनुभयो । उहाँले पार्टी लाई एक ढिक्का बनाउदै आगामी निर्वाचनमा चौतर्फी एमालेको झण्डा पहराउने दाबी गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सल्लाहकार समिति सदस्य प्रमानन्द कँडेल, हिरालाल कँडेल,जिल्ला कमिटि सदस्य बालकृष्ण कँडेल, गाउँपालिका सदस्य गोबिन्द कँडेल र तेज परियार लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम नेकपा एमाले काठेखोला गाउँपालिकाका अध्यक्ष दिल बहादुर कार्कीको अध्यक्षता र सदस्य हिरालाल कँडेलको संचालनमा सम्पन्न भएको थियो ।