जनता टाइम्स

१० आश्विन २०७८, आईतवार १८:५१

ब्लुबुक र लाइसेन्स माग्दा ५०० रुपैयाँ घुस रकम अफर गर्ने २ किशोर पक्राउ


बर्दिया, असोज १० । नेपाल प्रहरीलाई घुस दिन खोज्ने २ किशोर पक्राउ परेका छन् । लु.२० प ८६१ नम्बरको मोटरसाइकलमा सवार दुईलाई प्रहरीले ब्लुबुक र लाइसेन्स माग्दा ५०० रुपैयाँ घुस रकम अफर गरेपछि पक्राउ गरिएको हो । दुबैलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले पक्राउ गरेको बर्दियाका एसपी ईश्वर कार्कीले बताउनुभयो ।

गुलरिया नगरपालिका–७ स्थित सहिदगेटमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त चेकप्वाइन्टमा घुस दिन खोजेका थिए । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ घर भएका २० वर्षीय राकेश खटिक र १९ वर्षीय अजय खटिक रहेका छन् । उनीहरु विरुद्ध प्रहरीले सार्वजनिक हितबिरुद्धको कसुरमा म्याद लिएर हिरासतमा राखेको छ ।