जनता टाइम्स

११ आश्विन २०७८, सोमबार ०९:०५

यी हुन ओखलढुंगाका पालिकामा चुनाव जित्ने कांग्रेसका सभापति


ओखलढुंगा, असोज ११ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रथम स्थानीय तहको अधिवेशनबाट ओखलढुंगाका सवै पालिकामा नेतृत्व चयन भएको छ । अधिवेशनमा सिद्दीचरण नगरपालिकाबाट प्रेम गुरुङ चिसंखुगढी गाउँपालिकाबाट गोपालमान थापा, लिखु गाउँपालिकाबाट कुमार सुबेदी सभापतिमा निर्वाचित हुनुभएको छ ।

यसैगरी चम्पादेबी गाउँपालिकाबाट बिष्णु पुलामी, मोलुडं गाउँपालिकाबाट गोपिकृष्ण कार्की, खिजिदेम्बा गाउँपालिकाबाट रामकुमार सुनुवार, सुनकोशी गाउँपालिकाबाट विष्णुबहादुर खड्का निर्वाचित हुनुभएको छ । यसैगरी मानेभज्याडं गाउँपालिकाबाट देवबहादुर पुलामी सभापतिमा निर्वाचित हुनुभएको नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ ।