जनता टाइम्स

१६ जेष्ठ २०७६, बिहीबार २०:४७

तस्विरमा यस्तो देखियो संबिधानसभा पदक बितरण (फोटो फिचर)


काठमाडौं । सरकारले पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच उहाँहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकोतर्फबाट पदकसहित सम्मान प्रदान गर्नुभएको हो । पहिलो र दोस्रो संविधानसभामा निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै ११ सय ६ सभासद्लाई सम्मान गरिएको हो ।