जनता टाइम्स

७ कार्तिक २०७८, आईतवार २०:५१

एमालेमै फर्किए माधव नेपालकै गृहनगरका वडाध्यक्ष, गरे चुनावसम्म सवै फर्कने ठोकुवा


रौतहट, कात्तिक ७ । नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको गृहनगरका वडा अध्यक्ष एमालेमै फर्किएका छन । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ८ का वडा अध्यक्ष पासपत चौधरीले आज आफु एमालेमै फर्कनुभएको हो ।

वडाध्यक्ष चौधरीले नेकपा एसमा सनाखत गर्नुभएको थियो । पार्टी कार्यालय चन्द्रनिगाहपुरमा आयोजित नगर कमिटीको बैठकमा आएर आफूले माधब नेपालको पार्टी नेकपा एसमा सनाखत गरेको भएता पनि आजबाट पुनः एमालेमै फर्किको घोषा गर्नुभयो । आफू सूर्य चिन्हबाट नै चुनाब जितेको कारण पनि एमाले छाडन नसकेको चौधरीले बताउनु भयो ।

जनताको भाबना बिपरित आफू कतै पनि जान नसकेको उहाँको भनाइ छ । चौधरीले माधव नेपालको भ्रममा परेर सो पार्टीमा सनाखत गरेको र अव भ्रम टुटेको बताउनु भयो । उहाँले चुनावसम्म सवै एमालेमै फर्कने ठोकुवा पनि गर्नुभयो । चौधरीसँगै नेकपा एकीकृत समाजबादीमा सनाखत गर्नुभएकी वडा सदस्य उर्मिला हजारा पनि एमाले फर्किनुभएको छ ।

चन्द्रपुर नगरपालिकाको १० वडामध्य ४ वटा वडामा एमालेले जितेको छ । अन्य ३ जना वडा अध्यक्षहरुले नेकपा एकीकृत समाजबादीमा सखाखत गरेको भएता पनि अधिकांश वाड सदस्यहरु भने एमालेमै रहेका छन ।

नेकपा एसका केन्द्रयी अध्यक्ष नेपालको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा घर रहेको छ । शनिबार चन्द्रपुर नगरपालिकाको १० वडामध्ये ८ वडामा अधिबेशन सम्पन्न भइ पदाधिकारी चयन भएको र २ वडामा पनि केही दिन मै चयन हुने नगर कमिटी सचिब राजु तिवारीले जानकारी दिनुभयो ।