जनता टाइम्स

११ कार्तिक २०७८, बिहीबार १०:३७

महाभियोगबारे माधव नेपाल : गठबन्धनमा छलफल भएकै छैन, सबै केपी ओलीले विगारेको भन्नुपर्छ


धनगढी, कात्तिक ११ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताउनु भएको छ ।

‘हामीले महाभियोगबारे छलफल पनि गरेका छैनौँ, म बाहिरको बाहिर छु । हाम्रो पाँच दलको बैठक पनि बसेको छैन,’ आचरणको प्रश्न उठेपछि जबराको राजीनामा मागसँगै महाभियोग लगाउनुपर्ने आवाज उठिरहेका बेला सत्ता घटक एसका अध्यक्ष नेपालले बिहीबार बिहान धनगढीमा पत्रकारहरूसँग भन्नुभयो ।

अध्यक्ष नेपालले गठबन्धनमा छलफल नभएको बताए पनि सवै केपी ओलीले बिगारेको भन्नुपर्ने तर्क गर्नुभयो । ‘यो सबै कुरा केपी ओलीले विगारेको हो भन्नुपर्छ,’ नेपालले भन्नुभयो ।