जनता टाइम्स

१३ कार्तिक २०७८, शनिबार ०८:२०

यस्तो रहनेछ आज दिनभरको मौसम !


काठमाडौं, कात्तिक १३ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज नेपालको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेने छ । आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू–भागका एक÷दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबार प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको एक(दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै सोमबार पनि प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।