दोलखा, कात्तिक १४ । नेपाली कांग्रेसका पूर्वसभापति नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ९ का कांग्रेसका पर्वसभापति सञ्जु गुरुङ आज नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।
एमालेले बिगु गाउँपालिका र कालिञ्चोक गाउँपालिकाको पालिका अधिवेशनको क्रममा आज सिंगटी बजारमा आयोजना गरेको संयुक्त उदघाटन समारोहमा पूर्वअध्यक्ष गुरुङ कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको हो । गौरीशंकर ९ का वडाध्यक्ष एवं एमाले नेता छिरिङ शेर्पाका अनुसार कांग्रेसका पूर्वसभापति गुरुङ आफ्नो सम्पुर्ण टीमसहित आजबाट एमालेमा प्रवेश गर्नुभएको हो । कार्यक्रममा गुरुङसहित सयौं कांग्रेस र माओवादीका स्थानीय लोकप्रिय नेताहरु एमाले प्रवेश गरेका छन ।
नवप्रवेसीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, एमाले बागमति अध्यक्ष एवं पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, एमाले दोलखाका इञ्चार्जसमेत रहनुभएका पूर्वसञ्चारमन्त्री पार्वत गुरुङ, दोलखाका चर्चित एवं पुराना नेता जीतबीर लामा, एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेललगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ ।
एमाले प्रवेश गर्दै गुरुङले देशको बिकाश र जनताको समस्या समाधानमा एमाले मात्रै रहेको निश्कर्षका साथ आफू कांग्रेस त्यागेर एमालेमा समाहित भएको बताउनु भयो ।















प्रतिक्रिया दिनुहोस्