जनता टाइम्स

८ माघ २०७८, शनिबार १५:०७

प्रधानमन्त्रीको सम्बोधनमा कोमल वलीको टिप्पणी : रस र भावना नभएको गुनगुन !


काठमाडौं, ८ माघ । नेकपा एमालेकी केन्द्रीय सदस्य एवं गायिका कोमल वलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा कुनै दृष्टिकोण नआएको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो ६ महिने कार्यकालमा गरेका कामकारवाही प्रगति विवरण सुनाउनुभएको थियो ।

त्यसका टिप्पणी गर्दै वलीले रस र भावना नभएको गुनगुन भन्नुभएको छ । ‘प्रधानमन्त्रीको सम्बोधन मा न कुनै रस छ, न कुनै दृष्टिकोण छ । न कुनै भावना, न कुनै भविश्य छ । केवल गुनगुन मात्र छ । यसले मुलुकलाई कही पुर्याउँदैन,’ उहाँले भन्नुभएको छ ।