जनता टाइम्स

२६ माघ २०७८, बुधबार १६:४८

७ हजार प्रहरी जवानको सरुवा


काठमाडौं, २६ माघ । नेपाल प्रहरीका ७ हजार बढी जवानको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एकैपटक ७ हजारभन्दा बढी प्रहरी जवानको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले फागुनदेखि तलब भत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने गरी ७ हजार ३४४ जना प्रहरी जवानको सरुवा गरेको हो ।