काठमाडौं, १५ फागुन । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहायता परियोजना एमसीसीमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाहेक सबै दलहरुको संलग्नता रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उहाँले एमसीसी परियोजना नेपाल भित्र्याउन नेमकिपाबाहेक सवै दलहरुको संलग्नता रहेको बताउनुभएको हो ।
महामन्त्री थापाले भन्नुभयो, ‘यो हलमा रहेका कोही प्रधानमन्त्री र मन्त्री बाँकी हुनुहुन्न। नेपाल मजदुर किसान पार्टीबाहेक कोही पनि बाँकी छैन जो सरकारमा थिएन।’
उहाँले धेरै झुट नबोल्न र हावा कुरा नगर्न पनि एमसीसीको विपक्षमा धारणा राखेका सत्तारुढ दलकै सांसद र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग आग्रह गर्नुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो,‘धेरै झुट नबोलौँ। धेरै हावा कुरा नगरौँ। यस्तो पनि हुन्छ ? यहाँ सुन्ने जनतालाई के लाग्छ ?’













प्रतिक्रिया दिनुहोस्