काठमाडौं, २५ असार । धादिङमा एक वृद्धाको शव फेला परेको छ । आज सिद्धलेक गाउँपालिका–१ थोपल खोलास्थित किनारमा एक वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ ।
निलकण्ठ नगरपालिका–७ बाँसबोटे बस्ने ६४ वर्षीया मनमाया रेग्मीको शव फेला परेको प्रहरीको भनाइ छ ।
उहाँ हिजो घरबाट घाँस काट्न हिँड्नुभएको थियो । घर नफर्किएपछि उहाँको खोजी गर्दा प्रहरीले खोला किनारमा शव फेला पारेको हो । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।













प्रतिक्रिया दिनुहोस्