जनता टाइम्स

११ श्रावण २०७९, बुधबार १२:२७

ग्वार्कोमा गुडिरहेको ट्याक्सीलाई बस पल्टिएर किच्यो


काठमाडौं, ११ साउन । ललितपुरको ग्वार्कोस्थितमा गुडिरहेको ट्याक्सीलाई बसले  किचेको छ । सातदोबाटोबाट कोटेश्वरतिर आउँदै गरेको बा३ख४४४० नम्बरको बस पल्टिएर विपरीत दिशामा रहेको बा२ज ६०१ नम्बरको ट्याक्सीलाई थिचेको हो ।

बसले बा ५९प १५७७ नम्बरको मोटरसाइकललाई पनि किचेको प्रहरीले जनाएको छ । घटनामा तीन जना घाइते छन् ।घाइतेको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस चालक ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय माइकल भनिने नकलबहादुर महर्जनलाइ नियन्त्रणमा लिएको छ ।