भक्तपुर, २५ असोज । भक्तपुरमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रातको समयमा ११ वर्षीया बालिका सुतिरहेको अवस्थामा कोठामा गएर बलात्कार गरेको आरोपमा नुवाकोट बेलकोटगढी नगरपालिका–१३ घर भई हाल काठमाडौ बौद्ध बस्ने वर्ष ३५ को रामबहादुर सुनारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आरोपी सुनारलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार सुनारलाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
सूर्यविनायक नगरपालिका–२ बालकोटमा डेरामा आफ्ना अभिभावकसँग बस्दै आएकी बालिकालाई निजकै डेराकोठामा गई जबरजस्ती करणी गरेको कसुरमा सुनारलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । सुनारलाई नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकृत पाण्डेले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्