जनता टाइम्स

३१ आश्विन २०७९, सोमबार १७:१५

राजु खनाल : जसलाई घोराहीको कटुवाखोला पुलले लखेटिरह्यो, राजधानीविरोधी नेता खाँणकै वलमा टिकट ल्याउदा आलोचित


दाङ, असोज ३१ । दाङ क्षेत्र नम्वर २ क को चुनाव अरु दाङका अन्य निर्वाचन क्षेत्र भन्दा रोचक नै छ । एमालेवाट यस क्षेत्रका लोकप्रिय तथा युवा नेता वलिभद्र राना र कांग्रेसवाट राजु खनाल प्रदेशसभा सदस्यको उम्मेद्वार बनेका छन ।

कांग्रेसका केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे र कांग्रेसको लुम्विनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेले वलियो दावी गरेपनि कांग्रेसका नेता, गृहमन्त्री वालकृष्ण खाँणको आडमा राजुले टिकट ल्याएर आएका छन । तर, कांग्रेस नेताहरु उत्साहित भएर चुनावी मोर्चा, पार्टीका गतिविधिमा देखिदैनन । उम्मेद्वारी दर्ता गर्नेक्रममा नै घिमिरे र पाण्डे दुवै उपस्थिती थिएनन ।

कांग्रेसभित्रको चर्को टिकटका लागि प्रतिष्पर्धा भएपछि अहिले सो क्षेत्रका नेताहरु चुनावि गतिविधिमा सामेल देखीदैनन । भित्रभित्रै असन्तुष्टी कांग्रेस नेताहरुभित्र बढेको छ । अत्यन्तै गुटवन्दी गर्ने नेताकारुपमा खनाल परिचित छन । पार्टीको महाधिवेशनमा पनि खनालले जिल्लाका पुराना नेताहरुले महाधिवेशन प्रतिनिधिमा हार वेहोरे । कांग्रेसका पूर्वजिल्ला सभापतिहरु नै महाधिवेशन प्रतिनिधि हारे । कांग्रेस दाङका पूर्वसभापति विरकेश्वरी गौतम, घनश्याम रेग्मी, कांग्रेस नेताहरु श्याम सुवेदी, रणबहादुर पछाई, भरतबहादुर न्यौपानेहरु राजुकै कारण महाधिवेशन प्रतिनिधिमै हारे ।

राजुकै टिमवाट कांग्रेस दाङको जिल्ला सभापतिमा भुपबहादुर डाँगी लडे । तर, अन्तिममा राजुले सबैलाई प्रतिष्पर्धी देख्न थालेपछि भुपबहादुर पनि जिल्ला सभापतिमा हार्न पुगे । राजुले संस्थापनवाट जानकिलाल बस्नेतलाई पनि जिल्ला सभापतिका लागि तयार रहन भने । तर, दुवै जना हार्न पुगे । सस्थापनवाट कांग्रेसकै नेता कमलकिशोर घिमिरे पनि जिल्ला सभापतिको दौडमा देखिए । त्यतिमात्रै होइन । भुपबहादुरलाई घोराहीको उपमेयरमा लड्न सुझाव दिए । तर, अन्तिममा राजुले नै भुपबहादुरलाई हराएको भनेर कांग्रेस नेताहरुले भन्न थालेका छन ।

उपमेयरमा भुपबहादुरले हार्नसाथ राजनितिमा उनी कमजोर देखिए । राजुले घोराही १७ मा किरण रेग्मीलाई पनि वडा सदस्यमा हराए । त्यतिमात्रै होइन, घोराही ४ मा पनि कांग्रेसकै जिल्ला उपसभापति गिरीराज सुवेदिलाई वडा सदस्यमा हराए । खनाल कांग्रेसकै घेरावन्दीमा परेका छन् । उनी कमजोर उम्मेद्वारको रुपमा हेरिएका छन् । एमालेका वलिभद्र रानाले आफ्नो शक्ति बढाउदै लगेका छन । राना अहिले २ क मा वलियो दरिएका छन ।

एमाले महासचिव शंकर पोखरेलको विश्वासपात्रको रुपमा रहेका राना चुनाव जिते प्रदेशको मन्त्रि हुने लगभग सुनिश्चित जस्तै नै छ । महासचिवको विश्वासिलो ब्यक्ति भएकाले पनि उनको चुनावी मोर्चा अत्यन्तै राम्रो देखिएको छ । सामाजिक क्षेत्रमा पनि कृयाशिल राना मिलनसार, सहयोगीका रुपमा चिनिन्छन । खनालमाथि कटुवाखोला पुल समयमै निर्माण गर्न नसक्ने निर्माण ब्यवसायि पदम शर्मालाई संरक्षण गरेको आरोप छ ।

कटुवाखोलाको पुल निर्माणमा खनालकै संरक्षणले गर्दा ढिलो भएको भन्दै अघिल्लो चुनावमा कृष्णबहादुर महरासंग पनि चुनाव हारे ।कटुवाखोलाको पुलले उनी विवादित भइरहन्छन । वालकृष्ण खाँणको आडमा टिकट ल्याएकै कारण खनाललाई राजधानी विरोधी कित्तामा लागेको आरोप छ । खाँडले पटक–पटक दाङको भालुवाङमा राजधानीका संरचना नसार्न अभिब्यक्ति दिँदै आएका छन ।