दोलखा, कार्तिक १४ । नेकपा एमालेले जिल्लाका विभिन्न ठाउँका घरदैलो अभियान जारी राखेको छ । यसै क्रममा एमालेले सोमबार गौरीशंकरगाउँपालिकाका विभिन्न ठाउँमा घरदैलो कार्यक्रम गरेको हो ।
नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटी, प्रदेश सभा क का उम्मेवदार नर बहादुर श्रेष्ठसहित नेकपाएमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री पार्वत गुरुगं, जिल्ला ईन्चार्ज सरस्वती बस्नेत र एमाले गौरीशंकर गाउँपालिकाका अध्यक्षजंग गुरुगंलगायतका नेता तथा कार्यकर्ताको बाक्लो सहभागितामा घरदैलो अभियान गरिएको हो ।

घरदैलो अभियानको क्रममा एमालेका उम्मेदवारहरुलाई स्थानीयले भब्य स्वागत गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकप एमालेकाउम्मेदवारलाई विजयी गराउने वचनबद्धता दिएका थिए । घरदैलो अभियानमा विभिन्न पार्टीका नेता कार्यकताले समेत समर्थन जनाएकाथिए ।













प्रतिक्रिया दिनुहोस्