जनता टाइम्स

१६ कार्तिक २०७९, बुधबार १५:२५

निर्वाचन विथोलिने गतिविधि हुन नदिन आयोग सचेत : प्रमुख आयुक्त थपलिया


काठमाडौं, १६ कात्तिक । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन विथोलिने गतिविधि हुन नदिने विषयमा आयोग सचेत रहेको जानकारी दिनुभएको छ ।

आयोग कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले निर्वाचन विथोलिने गतिविधि हुन नदिने गरी सचेतका साथ काम भएको बताउनुभयो ।

आयोगले कुनै पनि प्रश्न नउठ्ने गरी काम गरेको दाबी गरेका उहाँले निर्वाचन आचारसंहिता परिपालनामा सबैमा जोड दिनुभयो ।