जनता टाइम्स

१७ कार्तिक २०७९, बिहीबार १३:२६

माधव नेपालको काम त कांग्रेसको सेवा मात्रै रहेछ भन्दै एमालेमै फर्किए दुई युवा नेता


काठमाडौं, कात्तिक १७ । नेकपा एकिकृत समाजवादी निकट युवा संगठनका सचिवालय सदस्य भानु खनाल र विद्यार्थी संगठनका स्थायी कमिटी सदस्य आकाश खनाल नेकपा एमालेमै फर्कनु भएको छ ।

युवा नेताद्वय आज नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । उहाँहरुलाई एमाले केन्द्रीय सदस्य तथा अनेरास्वबियुकी अध्यक्ष सुनिता बरालसहितका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ ।

अर्घाखाँची मालारानी खनदह घर भएका दुबै युवाले एकीकृत सामाजवादी पार्टीले स्थानीय तहको चुनावमा सामाजिक पारिवारिक सम्बन्ध, सामाजिक मूल्य मान्यता सबै भताभुङ्ग पारेको बताउनु भयो ।

माधव नेपालको भ्रममा परेर आफूहरु त्यता लागे पनि सो पार्टीको काम कांग्रेसको सेवा गर्नु मात्रै रहेकोले आफूहरु मुल घरमै आएको खनालद्वयले बताउनु भयो ।