काठमाडौं, कात्तिक १८ । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार दिएका कांग्रेस महामन्त्री गगनकुमार थापाले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिनुभएको छ ।
सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थापाले शुक्रबार चावहिल क्षेत्रमा घरदैलो कार्यक्रम गर्नुभएको छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईसँग प्रतिस्पर्धामा रहनुभएका थापाले घरदैलो कार्यक्रममा क्रममा जनतालाई कहिल्यै निराश नबनाउने गरी आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।














प्रतिक्रिया दिनुहोस्