जनता टाइम्स

१ पुष २०७९, शुक्रबार १४:०१

रसुवागढी हाइड्रोको सञ्चालक समिति अध्यक्षमा थिके


काठमाडौं, १ पुस । रसुवागढी हाइड्रो पावरको सञ्चालक समिति अध्यक्षमा प्रदीपकुमार थिके चयन हुनुभएको छ । मंसिरदेखि नै उहाँलाई अध्यक्ष चयन गरिएको कम्पनीले जनाएको छ । यससँगै कम्पनीको ६ सदस्यीय नयाँ सञ्चालक समिति चयन भएको छ ।

अध्यक्ष थिकेसँगै प्रवल अधिकारी, सुभाषकुमार मिश्र, रामप्रसाद रिमाल, भिमप्रसाद तिमल्सिना र ध्रुवप्रसाद अधिकारी सञ्चालक समितिमा रहेका छन् । यसअघि, कम्पनीको सञ्चालक समितिको अध्यक्षमा माधवप्रसाद कोइराला हुनुहुन्थ्यो ।