जनता टाइम्स

१५ पुष २०७९, शुक्रबार १३:१२

तस्बिरमा तमु ल्होसार रौनक


काठमाडौं, १५ पुस । गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन् । काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाउने गरेका छन् ।

सरकारले तमु ल्होसार पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्षनेताले शुभकामना दिनुभएकोछ ।