काठमाडौं, २८ पुस । बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक, शिवराज अधिकारी र सृजना सायजुको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनका तर्फबाट राप्रपाका भुवन पाठकले सभामुखमा उम्मेदवारी दिनुभएको हो । उहाँको प्रस्तावकमा एमाले जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल हुनुहुन्छ ।
शिवराज अधिकारी कांग्रेसका उम्मेदवार हो भने सायजु नेपाल मजदुर किसान पार्टीको हो ।
बागमती प्रदेश कांग्रेस संसदीय दलको निर्णयअनुसार अधिकारीले कुन्दनराज काफ्ले प्रस्तावमा र रामकृष्णा चित्रकारको समर्थनमा उम्मेदवारी दिनुभएको हो । नेमकिपाका सांसद सुरेन्द्र राज गोसाइ प्रस्तावक र गीता काफ्लेको समर्थकमा सायजुले सभामुखमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्