जनता टाइम्स

३ चैत्र २०७९, शुक्रबार ०९:२४

आज दिउँसो काठमाडौंमा पानी पर्ने सम्भावना


काठमाडौं, ३ चैत । हाल देशभर आंशिकदेखि सामान्य बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्यका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको हो । अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कतिपय स्थानमा आज दिनभरि नै मौसममा बदली हुनेछ । आज काठमाडौंमा दिउँसो १(२ बजेपछि हल्का वर्षाको सम्भावना रहेको कडेलको भनाइ छ । तर, लामो समयसम्म र ठूलो पानी नपर्ने उहाँले जानकारी दिनुभयो । आज तराईका केही जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँले ले आज सामान्य अवस्थामा भन्दा केही बढी हावाहुरी चले पनि ठूलै असर भने नगर्ने उहाँले स्पष्ट पार्नुभयो ।