जनता टाइम्स

५ जेष्ठ २०८०, शुक्रबार १७:५२

हेटौँडा कपडा, गोरखकाली रवर र बुटवल धागो उद्योग सञ्चालन गरिने, जग्गाको हदबन्दी पुनरावलोकन हुने


काठमाडौं, ५ जेठ । सरकारले हेटौँडा कपडा उद्योग, गोरखबाली रवर उद्योग र बुटवल धागो उद्योग सञ्चालनमा ल्याउने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यी तीन उद्योग सञ्चालनमा ल्याउने उल्लेख छ । अन्य बन्द उद्योगको व्यवस्थापना सम्बन्धको रुपमा उच्चस्तरीय अध्ययन समिति गठन समेत गर्ने बताइएको छ ।

यस्तै उद्योगलाई चाहिने जग्गाको हदबन्दी पुनरावलोकन हुने भएको छ । व्यवसायीले माग गर्दै आएको व्यवस्था संबोधन हुने पौडेलले उल्लेख गर्नुभएको हो । बाँझो जग्गा उपयोगकालागि नीतिगत व्यवस्था गरिने उल्लेख छ । भूमिहीत सुकुम्बासीको बसोबास व्यवस्थित गरिने छ । गरिबी परिचय पत्रलाई राष्ट्रिय परिचयपत्रसंग आवद्ध गरिने भएको छ ।