जनता टाइम्स

७ जेष्ठ २०८०, आईतवार १९:००

ट्रकको ठक्करबाट चितवनमा स्कुटर चालकको मृत्यु


चितवन, ७ जेठ । ट्रकको ठक्करबाट चितवनमा स्कुटर चालकको ज्यान गएको छ । आज बिहान चितवन भरतपुर महानगरपालिका–१२ टिकौली जाँदै गरेको ट्रकले सोही दिशामा जाँदै गरेको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ना. ४ ख ६६७४ नम्बरको ट्रकले बागमती प्रदेश ०३–००२प ७६८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भरतपुर महानगरपालिका–११ का २० वर्षीय सागर तामाङको मृत्यु भएको हो ।

उहाँको स्कुटर पछाडि सवार २० वर्षीय विशान्त ढकालको उपचार भइरहेको प्रहरीले जनाएको छ । उहाँको पनि अवस्था गम्भीर छ । विशान्तको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्रक चालक तनहुँ घुमाउने नगरपालिका–४ बस्ने ५० वर्षीय ढकबहादुर गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।