काठमाडौं, २४ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका दुई समूहबीच विवाद भएको छ । संस्थापन र असन्तुष्ट समूहका दुई पक्षबीच नेविसंघको नयाँ समिती विस्तारको विषयलाई लिएर विवाद भएको हो । दुवै समूह एकै पटक उत्रिएर नाराबाजी गर्दा अवस्था नियन्त्रणबाहिर जान नदिन प्रहरी परिचालनसमेत गरिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार नेविसंघ केन्द्रीय समितिमा ७१० जनालाई मनोनीत गरेपछि विवाद बढेको हो । नेता कृष्ण सिटौलासहित असन्तुष्ट समूहले आज दिउँसो सानेपामा प्रदर्शन गरेका थिए । उनीहरूले समानान्तर समिति गठन र विद्रोहसहितका योजना लिएर सानेपामा नाराबाजी गरेका हुन् ।













प्रतिक्रिया दिनुहोस्